Close sidebar

बाँके — बाँकेमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कडाइका साथ कारबाही बढाइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनादेखि कात्तिकसम्म ६ हजार ४२५ वटा सवारीसाधनलाई कारबाही गरी ४९ लाख ४३ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीका अनुसार […]

दोषी पक्राउ गरी कानुनी कारबाही गर्न माग, सबै समुदायबीच मेलमिलाप र शान्ति कायम राख्न आह्वान नेपालगन्ज (बाँके) — बाँके जिल्लामा घटेको हालैको धार्मिक विवादप्रति राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन, जिल्ला कार्यसमिति बाँके ले गम्भीर आपत्ति जनाउँदै तत्काल दोषीहरूलाई कानुनी दायरामा ल्याउन माग गरेको छ। संगठनका अध्यक्ष युवराज शाहीद्वारा असोज २१ गते जारी विज्ञप्तीमा भनिएको छ — […]

Gen-Z आन्दोलनका सहिदलाई श्रद्धाञ्जलि नेपालगञ्ज । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले विजयादशमी २०८२ को अवसरमा सम्पूर्ण नेपाली जनतामा शुभकामना व्यक्त गरेका छन्। मन्त्री तिमिल्सिनाले दशैंको अवसरमा जारी गरेको सन्देशमार्फत हालैको Gen-Z आन्दोलनमा ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइते तथा पीडितहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनले लोकतन्त्रको यात्रामा सहिदहरूले पुर्‍याएको योगदानलाई […]

नेपालगन्ज उपमहानगरपालिका–५ निवासी ४८ वर्षीया प्रमिन बिनो आज बिहानदेखि हराइरहेकी छिन्। उहाँ आज २०८२ असोज ६ गते बिहान करिब ८ बजे घरबाट निस्किएको र त्यसपछि सम्पर्कविहीन भएको परिवारले जनाएको छ। परिवारका अनुसार प्रमिन बिनोलाई केही मानसिक तथा स्वास्थ्यसम्बन्धी समस्या रहेको छ। उहाँको छोरा, जसलाई स्थानीयले ‘थापा बिनो’ भनेर चिन्छन्, का अनुसार आमाले बिहान घरबाट निस्कँदा […]

काठमाडौं, १९ सेप्टेम्बर २०२५ – Shining Business Management Pvt. Ltd. द्वारा आयोजित “Shining Excellence 2025: ISO Recognition & Felicitation Ceremony” मा अन्तर्राष्ट्रिय गुणस्तर व्यवस्थापनको मापदण्ड ISO 9001:2015 (UK Board) प्राप्त गरेका चार उत्कृष्ट नेपाली संस्थालाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको छ। समारोहमार्फत सम्मानित संस्थाहरूमा Nepal Glow and Sign Pvt. Ltd., Kafal Care Pvt. Ltd., Radiant […]

नेपालगन्ज– विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य हुने भएको छ । यही मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका बिजनेस डेभलपमेन्ट अफिसर युवराज बिष्ट र धारा नेपालगन्ज म्याराथनका […]

बाँके —गत २०८२ भदौ २४ गते कोहलपुर नगरपालिका–११ स्थित राजस्व अनुसन्धान कार्यालय, कोहलपुरमा Gen-Z प्रदर्शनका क्रममा भएको आगजनी तथा लुटपाटपछि हराएको नगद र सुनचाँदी फेला परेको छ। जिल्ला बाँके, कोहलपुर–१ बस्ने ३२ वर्षीय अजय परियारसहितका व्यक्तिहरूको पहलमा स्थानीय समाजसेवी तथा जनप्रतिनिधिको सक्रियतामा उक्त सामानहरू फिर्ता गरिएका हुन्। सो सम्पत्ति भदौ ३० गते साँझ ८:०० बजे […]

कोहलपुर, बाँके । हालै देशभर भड्किएको जेन–जी आन्दोलनका क्रममा सरकारी कार्यालय र निजी सम्पत्तिहरूमा तोडफोड र आगजनी हुँदा कोहलपुर नगरपालिका वडा नं. ११ को कार्यालय पनि पूर्ण रूपमा क्षति भएको छ । कार्यालय ध्वस्त भई तत्काल सेवा विस्तारमा कठिनाइ आइपरेको अवस्थालाई मध्यनजर गर्दै स्थानीय युवा व्यवसायी तथा Central Nepal Engineering and Construction प्रा .लीका डाइरेक्टर […]

नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी एमाले बाँकेले संविधानकाे परिधिभित्र रहेर  उत्पन्न राजनीतिक  समस्याकाे समाधान गर्न माग गरेकाे छ । नेपालको विकास र समृद्धि लोकतान्त्रिक गणतन्त्रबाट मात्र संभव हुने भन्दै लोकतन्त्रको विकल्प केवल सुदृद्ध लोकतन्त्र हो भन्नेमा एमाले बाँकेले दृढ विश्वास गरेकाे छ । अध्यक्ष निरक गुरुङद्वारा जारी प्रेस बिज्ञप्तिमा भाद्र २३ र २४ गते ‘जेन-जी’ […]

काठमाडौं । सरकारले नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जाललाई व्यवस्थित र जवाफदेही बनाउन दर्ता अनिवार्य गरेको छ । तर तोकिएको अन्तिम समयसीमा सकिँदासम्म कुनै नयाँ सामाजिक सञ्जालले सूचीकरणका लागि निवेदन नदिएपछि बिहीबारदेखि दर्ता नभएकालाई निष्क्रिय गर्ने तयारी भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार कार्यालय समय सकिए पनि अनलाइनमार्फत […]